वडा कार्यालयमा आगजनी

11
लाेकपाटी न्यूज

चितवन, १७ साउन । चितवनको कालिका नगरपालिका वडा नं. ३ को कार्यालयमा बिहीबार राति आगजनी भएको छ।

राती करिव २ बजे भएको आगलागीबाट कार्यालयको २ वटा कोठामा क्षति भएको छ। अज्ञात समूहले कार्यालयको झ्यालबाट पेट्रोल हालेर आगजनी गरेको कालिका नगरपालिका वडा नं ३ का वडा अध्यक्ष टिकाराज रिजालले जानकारी दिए।

आगजनीबाट वडा अध्यक्षको कोठासहित कार्यालयको कोठामा रहेको कागज पत्रमा पूर्ण रूपमा क्षति भएको छ। आगजनीबाट सो कार्यालयमा क्षति भएको र सो घटनाको बारेमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालयका टाँडीका प्रमूख (डिएसपी) सन्तोष आचार्यले बताए।

22

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्