विप्लव नेकपाको पोलिटब्युरो र स्थायी कमिटि भंग

Netra bikram chand Biplav
लाेकपाटी न्यूज

काठमाडौं, १६ साउन । विप्लव नेकपाले पार्टीमा शुद्धीकरण अभियान चलाउनभन्दै स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ।

केही दिनअघि बसेको स्थायी कमिटि बैठकले ५ सदस्यीय स्थायी कमिटि र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको हो। अब पार्टीमा सबै कामान्ड महासचिव नेत्रविक्रम चन्द आफैंले सम्हाल्ने भएका छन्।

चन्द नेकपाले पार्टी्भित्र विकृति मौलाएको उल्लेख गर्दै १७ केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाएर खुला मोर्चामा पठाएको छ। यो समाचार कान्तिपुर दैनिकमा दीपेन्द्र विष्टले लेखेका छन्।