चितुवाको छाला बरामद, दुई पक्राउ

7
लाेकपाटी न्यूज

कैलाली, १४ साउन । प्रहरीले कैलालीको अत्तरियावाट चितुवाको छालासहित २ जनालाई पक्राउ गरेको छ।चितुवाको छाला बेचबिखन र ओसार पसार भैरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले गोदावरी नगरपालिका ४ बाट चितुवाको २ थान छालासहित उनीहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा डोटी बढिकेदार गाउँपालिका ५ का २३ वर्षीय राजेन्द्र थापा र कैलाली चुरे गाउँपालिका १ का ३२ वर्षीय रामबहादुर विष्ट छन्। प्रहरीले चितुवाको छालासहित उनीहरुलाई मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ।

डोटी बढिकेदार गाउँपालिकामा शिकार गरी राजेन्द्रले चितुवाको छाला बिक्रि गर्ने क्रममा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्