भाडाकाे विषयलाई लिएर खुकुरी प्रहार

Khukuri
प्रतिकात्मक तस्बिर
लाेकपाटी न्यूज

काठमाडौं, ११ साउन । धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा कागेश्वरी मनहरा नगरपालिका–७ मुलपानी पिपलवोट बस्ने सुनसरी बराह नगरपालिका–७ घर भएका ३५ वर्षीय लावण्डे राज दाहाललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

भाडाको विषयलाई लिएर दाहालले सोही स्थान बस्ने नुवाकोट घर भएका २१ वर्षीय गल तामाङ र १९ वर्षीय विनोद तामाङलाई खुकुरी प्रहार गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त वौद्धबाट खटिएको प्रहरीले दाहाललाई खुकुरीसहित पक्राउ गरेको हो ।

खुकुरी प्रहारबाट घाइते भएका दुबै जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्