धनुषा, ११ साउन। धनुषामा करेन्ट लागेर बाबुछोराको ज्यान गएको छ। कमला नगरपालिका १ मंगराहाका ४५ वर्षीय राजेन्द्र मण्डल र उनका २२ वर्षीय छोरा धमेन्द्र मण्डलको शुक्रबार बेलुका करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय शहीदनगर यदुकुहाका अनुसार बुबा छोरा खेतमा काम गर्न गएको बेला खसेको बिजुलीको तारमा करेन्ट लागेर दुबै जनाको ज्यान गएको हो।
करेन्ट लागेर सिकिस्त भएका दुबै जनाको उपचारका क्रममा जनकपुरमा ज्यान गएको प्रहरीले जनाएको छ।
बुबाछोराको शवलाई पोस्टमर्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।



लाेकपाटी न्यूज
