एजेन्सी। संयुक्त राष्टसंघीय मानवअधिकार आयोगकी प्रमूख मिशेल बेचलेटका अनुसार पछिल्ला दश दिनमा सिरियामा एक सय जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा २६ जना बालबालिका रहेका छन्।
उनका अनुसार सिरिया र रुसी सेनाको संयुक्त हवाई आक्रमणको निशानामा अस्पताल, स्कुल र बजार क्षेत्र परेका छन्। बेचलेटका अनुसार सिरिया र रुसी सेनाको यति ठूलो आक्रमण र नरसंहारको बारेमा विश्व चुप छ।
बेचलेटका अनुसार संसारका शक्तिशाली देशहरुले त्यहाँ नेतृत्व असफलताको विषय उठान गरिरहेका छन्। उनका अनुसार विद्रोहीहरुको कब्जामा रहेको भनिएको इदलिवमा मर्नेहरुको संख्या बढ्नसक्ने तर्फ कसैको ध्यान गएको देखिँदैन। उनका अनुसार धेरै मानिसहरु यो आक्रमणको शिकार भएका छन्।
बेचलेटका अनुसार जानीबुझी सामान्य नागरिकहरुमाथि हमला गर्नु युद्ध अपराध हो। जसले यो आक्रमणका लागि जानी जानी आदेश दिइरहेका छन् उनीहरु पनि यो अपराधका लागि जिम्मेवार छन्।
विगत आठ वर्षदेखि सिरियाको इदलिव शहरका अलावा उत्तरी हमा र पश्चिमी अलेपो विद्रोहीको गढ शहरको रुपमा चिनिने गरिन्छ। त्यस्तै ३ लाख ३० हजार सिरियालीहरु घर छोड्न वाध्य भएका छन् । त्यसमध्ये पछिल्ला १० दिनमा त्यहाँ १०३ जनाको मृत्यु भइसकेको छ।’ त्यसमध्ये २६ जना बालबालिका त्यसको निशानामा परेका छन्। स्थिति थप भयावह हुँदै गइरहेको छ।
रुसी वायुसेना समर्थित सिरियाली सरकारले भने अलकायदासँग सम्बन्धित जिहादीहरुले शान्ति सम्झौता उल्लंघन गरेका कारण आक्रमण गनुपरेको प्रतिक्रिया दिँदै आएको छ। रुसमाथि भने गत हप्ता ३१ वटा हमलाको नेतृत्व गरेको आरोप लागेको थियो। सञ्चारमाध्यामहरुमा आएका ती रिपोर्टहरुको रुसले खण्डन गर्दै आएको छ। सिरियामा विगत आठ वर्षदेखिको यो द्वन्द्वका कारण लाखौंले ज्यान गुमाइसकेका छन्। (बीबीसीबाट)



लाेकपाटी न्यूज

