युएईमा ९८ जना नेपालीको मृत्यु

death
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

युएई । युएईमा ९८ जना नेपालीकाे मृत्यु भएकाे छ । युएईकाे आबुधाबीमा रहेको नेपाली दुतावासका अनुसार एक वर्षको अवधिमा मृत्यु हुने नेपालिकाे सङ्ख्या ९८ पुगेकाे हाे ।

यो संख्या पछिल्लो ६ वर्ष यताकै धेरै हो । मृत्यु हुनेहरूमा ५ जना महिला र ९३ जना पुरुष रहेको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।

दुतावासका अनुसार ४८ जना पुरुषको प्राकृतिक कारणले मृत्यु भएको छ । २१ पुरुष र २ जन महिलले आत्महत्या गरेका छन् । त्यसैगरि २ महिला र २१ जना पुरुषको दुर्घटनामा परि मृत्यु भएको छ । तीन जना पुरुष र १ जना महिलाको हत्या भएको छ ।

मलेसिया रोजगारी केही समयदेखि बन्द भएसँगै युएई लगायतका अन्य खाडी मुलुकहरुमा वैदेशिक रोजगरीका लागि जानेहरुको संख्या बढेको हाे । युएई कतार लगायतका मुलुकहरुमा वैदेशिक रोजगारीमा जानेको संख्या बढेपछि विभिन्न कारणले ज्यान गुमाउनेको संख्यामा पनि बढ्दो क्रममा छ ।

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्