काठमाडौं, ८ साउन । बाजुरा घर भएकी एक बालिकाको भारतको दिल्लीमा बलात्कारपछि हत्या भएको छ।
भारतको पूर्वी दिल्लीको सक्कपुरमा ९ वर्षीय लक्ष्मी चदाराको बलात्कारपछि हत्या भएको नेपाली दूतावासले जनाएको छ। बालिका बुवा देव चदारा र आमासँगै भारतमा बस्दै आएकी थिइन्।
उनको भारतीय नागरिक बसिम अहमद उर्फ सनुले हत्या गरेको प्रहरीले जनाएको छ। अन्नपूर्ण पोस्ट दैनिकबाट



लाेकपाटी न्यूज

