काठमाडौं, ६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत एक वर्षको अवधिमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा १२ कर्मचारीविरुद्ध ४५ करोड रुपैयाँको भ्र्रष्टाचार मुद्दा दर्ता गरेको छ।
घुस रकमसहित कर्मचारी पक्राउ परेपछि अनुसन्धानको क्रममा स्र्रोत नखुलेको सम्पत्ति ठहर भएपछि अख्तियारले अकुत सम्पत्तिमा मुद्दा दर्ता गरेको जनाएको छ।
अख्तियारले हालसम्मको सबैभन्दा बढी नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध २३ पुसमा मुद्दा चलाएको थियो।
उनीविरुद्ध १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपैयाँ बिगो दाबी गरी मुद्दा चलाएको थियो। गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा यो नै सबैभन्दा ठूलो बिगो भएको मुद्दा थियो। -राजधानी दैनिकबाट



लाेकपाटी न्यूज

