राजपा संयाेजकमा राजकिशोर यादव चयन

Rajkishor Yadhav
लाेकपाटी न्यूज

काठमाडौं, ५ साउन । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) काे संयोजकमा राजकिशोर यादव चयन भएका छन् ।

श्रावण ४ र ५ गते प्रदेश नम्बर २ को राजधानी जनकपुरमा अध्यक्ष मण्डलका संयोजक अनिल कुमार झाको अध्यक्षतामा बसेको राजपा नेपालको अध्यक्ष मण्डलको बैठकले उनलाई संयाेजकमा चयन गरेकाे हाे।

बैठककाे निर्णय अनुसार श्रावण ६ गतेबाट राजपा अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी राजकिशोर यादवले सम्हाल्ने छन्।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी,  महेन्द्र यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनाधिकार फोरम गणतान्त्रिक, शरद सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी मिलेर गठन भएको थियो । तर,  महाधिवेशन हुन नसक्दा नेतृत्व आलोपालो प्रणालीमा हुँदै आएको छ ।