हेटौडा, ५ साउन । प्रहरीले मकवानपुरमा गाेली चलाएकाे छ । गाँजा तस्करलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले मकवानपुरको मनहरीमा गोली चलाएको हाे ।
मनहरी गाउँपालिका–९ रजैया राप्ती बगरमा गए राति गोली चलेको हो । यद्यपि गोली भने कसैलाई नलागेको प्रहरीले जनाएकाे छ ।
तस्करीमा संलग्न एक जनालाई हतियारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का कुमार स्याङतान रहेको प्रहरीले जनाएको छ। अरु तस्कर भने पक्राउ पर्न अगाडि नै भागेकाे प्रहरीले जनाएकाे छ ।




लाेकपाटी न्यूज

