भाइको कुटाइबाट दाइ जयप्रकाशको मृत्यु

death
सांकेतिक तस्वीर
लाेकपाटी न्यूज

सोलुखुम्बु, ५ साउन । सोलुखुम्बुमा भाइको कुटाइबाट दाईको ज्यान गएको छ। थुलुङदुधकोशी गाउँपालिका ९ लोखिममा दाजुभाइबीच झगडा हुँदा २७ वर्षका भाइ किरण राईको कुटाइबाट ४४ वर्षका दाजु जयप्रकाश राईको शनिबार राति ज्यान गएको हो।

घरमा आमासँगै बस्दै आएका दाजुभाइबीच झगडा भएको थियो। झगडा के कारणले भयो भन्नेबारे खुल्न सकेको छैन। भाइ किरणलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्