हास्य व्यंग्य श्रृंखला ‘कुरा मात्र भो’ शनिबार ८: ३० मा प्रसारण हुने

लाेकपाटी न्यूज

काठमाडाैं, ३ साउन ।  नेपाली हास्य व्यंग्य टेली श्रृंखला ‘कुरा मात्र भो’ अबदेखि एनटिभी प्लसबाट शनिबार राती ८:३० मा प्रसारण हुने भएको छ । कुरा मात्र भो यस अघि प्रत्येक शुक्रबार राती ८:०५ मा एनटिभी प्लसबाट प्रसारण हुँदै आएको थियो ।

शनिबार राती ८:३० देखी कुरा मात्र भो को प्रसारणका लागि नेपाल टेलिभिजन संस्थान र ग्लोरी मिडियाबीच ३ गते शुक्रवार नयाँ सम्झौता सम्पन्न भएको मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले जानकारी दिएका छन् । कुरा मात्र भो हालसम्म ११ भाग प्रसारण भई सकेको उनले बताए ।

जेसिका इण्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको उक्त टेलिसिरियलको निर्देशन अर्जुन गौतमले गरेका छन् । निर्देशक अर्जुन गौतमका अनुसार सिरियलको कथावस्तु सामाजिक एवम् राजनितिक बिषयबस्तुमा केन्द्रित रहने र समसामयिकतामा आधारित रहनेछ । सो हास्य ब्यंग्य श्रृंखला युट्युब च्यानल जेसिका इण्टरटेनमेण्टमार्फत पनि हेर्न सकिने उनले बताए ।

साहित्यकार सनत आचार्यको लेखन रहेको उक्त हास्य ब्यंग्य श्रृंखलामा कलाकारहरु उत्तम अर्याल ‘कोदे’, लक्ष्मण चौलागाई आदिको अभिनय रहेको छ । त्यसैगरि कुरा मात्र भो को निमार्तामा कमल श्रेष्ठ ,कार्यकारी निर्मातामा रामचन्द्र थापा तथा राजु श्रेष्ठ, क्यामरामा जनक राज अधिकारी, सम्पादनमा राज श्रेष्ठ रहेका छन् ।

निर्माण सल्लाहकारमा सरोज ओझा तथा प्रताप भट्ट र कानूनी सल्लाहकारमा रामेश्वर भण्डारी रहेका छन् । कुरा मात्र भोले दर्शकहरुलाई भरपूर मनोरञ्जन दिने निर्माण पक्षको दाबी छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्