फ्राइडे रिलिजः सिनेमा हलमा भूतको कथा ‘घर’

लाेकपाटी न्यूज

काठमाडौँ, ३ साउन । आज शुक्रवार नेपाली चलचित्र ‘घर’ प्रदर्शन आएको छ। अर्पण थापाले निर्देशित गरेको ‘घर’ हरर जनराको चलचित्र हो। फिल्ममा सुरक्षा पन्त, बेनिशा हमाल र अर्पण थापा मुख्य भूमिकामा छन्।

शर्मिला पाण्डेले लगानी गरेको फिल्ममा सरोज अर्याल, अस्मिता खनाल, विकाश खनाल, सृष्टि महर्जनलगायतका कलाकारले अभिनय गरेका छन्। मिलन श्रेष्ठले सम्पादन गरेको यस फिल्मलाई निरज कँडेलले छायांकन गरेका हुन्। यो चलचित्रमा एउटा घरमा बस्ने श्रीमान्, श्रीमती र आत्माको कथा छ।

आजै नेपाली सिनेमा हलमा विदेशी चलचित्र ‘द लायन किङ’ पनि प्रर्दशनमा आएको छ । एनिमेसन जनरामा निर्माण भएको फिल्म ‘द लायन किङ’ लाई जोन फयाभरियौले निर्देशन गरेका हुन्। फिल्ममा डोनाल्ड ग्लोभर, सेथ रोगेन, किगन माइकल कीलगायतले अभिनय गरेका छन्।

त्यसै गरी गत हप्तादेखि प्रदर्शनमा आएको फिल्म ‘सानो मन’ र ‘सुपर ३०’ पनि सिनेमा हलमा प्रदर्शनरत छ। शाहिद कपूर स्टारर फिल्म ‘कबिर सिंह’ पनि प्रदर्शन भइरहेको छ।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्