धनगढी बम विष्फोटका घाइते सिंहको मृत्यु

kailali b0mbispot 1
लाेकपाटी न्यूज

काठमाडौं, ३ साउन । धनगढीमा भएको शक्तिशाली बम विष्फोटका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ।

विस्फोटमा घाइते बझाङ जयपृथ्वीबहादुर नगरपालिका १४ का रामबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए। बिहीबार बेलुका कैलालीको धनगढी उपमहानगरपालिका ३ शहीद गेटमा शक्तिशाली बम विष्फोट हुँदा ५ जना घाइते भएका थिए।

घाइते हुनेमा बझाङका राम सिंह, कञ्चनपुरको बेलौरी ५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी ४, बोराडाडीका केशवराज पाण्डे छन्। विस्फोटमा अन्य घाइतेको अवस्था पनि गम्भीर रहको प्रहरीले जनाएको छ। उनीहरुको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ ।

घटनास्थलमा पेस्तोलसमेत फेला परेको प्रहरीले जनाएको छ। घटनामा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएको छ भने प्रहरीले घटनाबारे पुगेर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्