आज सेयर बजार २.७ अंकले घट्यो

nepse
लाेकपाटी न्यूज

काठमाडौँ, २ साउन । आज नेप्से परिसुचक/सेयर बजार २.७ अंकले ओरालो लागेको छ । नेप्से परिसुचक बुधबार सुधार देखिएको थियो । आज ओरालो लागेको नेप्से एक हजार दुई सय ७२ कायम भएको छ । करिब १ बजे एक हजार दुई सय ८३ सम्म पुगेको नेप्से अन्तिममा आएर दुई सय ७२ मा पुगेको छ ।

सेयर कारोबारमा सामान्य गिरावट आएपछि बुधबार ४२ करोढड ६० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएकोमा बिहीबार भने ४१ करोड १३ लाख रुपैयाँ मात्रै कारोबार भएको छ ।

वित्त, उत्पादन मूलक र लखुवित्त समूहका सूचकहरुमा सामान्य सुधार देखिए पनि बाँकी समुहका सुचकहरु घटेका छन् । तर, होटल समूहको सूचक एक प्रतिशत भन्दा बढीले घटेको छ ।

यस्तै छिमेकी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर पाँच करोड १७ लाख रुपैयाँको खरिद बिक्रि भएको छ । धेरै कारोबार गर्नेमा शिवम सिमेन्ट रहेको छ । शिवम सिमेन्टको दुई करोड ६१ लख रुपैयाँको कारोबार भएको छ ।

बिहीबार धेरै नाफा गर्नेमा नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ता अगाडि छन् भने घाटा हुनेमा मेरो माइक्रोफाइनान्स लघुवित्तका लगानीकर्ता अगाडि छन् ।