करिनाको एक एपिसोडको पारिश्रमिक तीन करोड

Kareena-Kapoor-Khan
लाेकपाटी न्यूज

भारतको डान्स रियालिटी सो ‘डान्स इन्डिया डान्स’को एक एपिसोडका लागि करिनाले ३ करोड रुपैयाँ लिएकी छन्। सोको प्रिमियर १२ जुनमा गरिएको थियो।

करिनाले दिनको तीन करोड लिएको हल्ला त्यही बेला बाहिर आएको हो। अभिनेत्रीहरूमा करिनाका लागि भारतीय टेलिभिजनले अहिलेसम्मकै सबैभन्दा बढी पारिश्रमिक भुक्तानी गरेको छ।

करिनाका अनुसार पुरुष निर्णायकसरह महिला निर्णायकले पारिश्रमिक पाउनु राम्रो कुरा हो। बलिउड सुपर स्टारहरू प्रायः टीभी सोमा आउँदैनन्। तर, करिनाले यो घेरा तोडेकी छन्।

टीभी सोका साथै करिना अक्षय कुमार, दिलजित दोसाँझ र कियारा अड्वानी स्टारर फिल्म ‘गुड न्युज’मा पनि देखिँदै छिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्