बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्रीसहितको टोली प्रदेश २ जाँदै

badhi_Toli
लाेकपाटी न्यूज

काठमाडौं, १ साउन । गृहमन्त्री रामबहादुर थापासहित मन्त्रीहरुको टोली प्रदेश २ जान लागेको छ । केही दिनअघि आएको बाढी तथा डुबानले पुर्‍याएको क्षति, राहत तथा उद्धारको अवस्थाबारे बुझ्न उक्त टोली प्रदेश २ जान लागेको हो ।

टोलीले तराईका विभिन्न बाढी प्रभावित जिल्लाको अवलोकन गर्ने छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, गृहमन्त्री रामबहादुर थापा बादल, उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, ऊर्जामन्त्री वर्षमान पुन, भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठ, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, विकास समिति सभापति कल्याणी खड्का, रौतहटका सांसद प्रभु साह लगायतका नेता कार्यकर्तासहितको टोली प्रदेश २ मा जाँदै छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्