उमेश कार्कीकाे ‘पहिलाे पहिलाे माया’ सार्वजनिक (भिडियाे)

लाेकपाटी न्यूज

काठमाडाैं, ३० असार । कलाकार तथा युवा निर्देशक उमेश कार्कीद्वारा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक बिष्णु खड्का र गायिका मुना थापाको स्वर रहेको ‘पहिलो पहिलो माया’ बोलको लोक दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

गीतमा केशर लामाको शब्द \ संगीत रहेको छ । गणेश उपाध्यायको छायांकन तथा निर्देशन रहेको उक्त भिडियोमा उमेश कार्की, सुस्मिता आचार्य,  सन्तोष थापा, गणेश थापा,  तिलक थापाले अभिनय गरेका छ्न् ।

थ्यान्क्यु सिनेमाको ब्यानरमा निर्माण गरिएको उक्त भिडियो भोजपुरकाे अरुण गाउँपालिका याकु मैदानेमा छायांकन गरिएको निर्देशक उपाध्यायले बताए ।

हेर्नुहाेस् भिडियाे:

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्