काठमाडाैं, ३० असार । युवा लेखक तथा अभिनेता जीवन थापा ‘क्षितिज’ अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएकाे छ । बिन्दावासिनी म्युजिककाे अफिसियल युट्युब च्यानलबाट ‘निष्ठुरीले माया गरी’ बाेलकाे साे म्युजिक भिडियाे सार्वजनिक भएकाे हाे ।
प्रताप मुस्कानकाे शब्द \ संगीत रहेको उक्त गीतमा सुदन दासको सुमधुर स्वर सुन्न सकिन्छ । उक्त भिडियोमा गणेश उपाध्यायकाे निर्देशन र उमेश कार्कीकाे छायांकन रहेकाे छ।
भिडियो सम्पादन ललित सिंह साउद्लेले गरेका छन् । भिडियाेमा जीवन थापा ‘क्षितिज’, कमला थापा, सन्तोष थापा र तिलक थापाले अभिनय गरेका छन् ।
राम कार्कीले एरेन्ज गरेकाे साे गीतकाे म्युजिक भिडियाेकाे छायांकन भोजपुर जिल्लाको अरुण गाउपालिका याकु मैदानेमा गरिएको हो । भिडियाेमा एक्स्ट्रा फिल्मस् काे प्रस्तुति रहेकाे छ ।



लाेकपाटी न्यूज

