काठमाडौं, २९ असार । चर्चित गायक तथा मोडल रामजी खाँण र समुधुर स्वरकी धनी गायिका तथा मोडल प्रिया भण्डारीले अभिनय गरेको ‘जाम भन्यो लाहुरे’ बोलको तीज गीत सार्वजनिक भएको छ।
गीतमा पुरुषोत्तम पौडेल र प्रिया भण्डारीको स्वर रहेको छ। लकेट सेनको शब्द रहेको गीतमा पुरुषोत्तम पौडेलको लय संकलन रहेको छ।चर्चित निर्देशक मौसम हिमालीले भिडियोको निर्देशन गरेका हुन्।
गीतको छायांकन सुरेश श्रेष्ठले गरेका छन् भने सम्पादन शिव पौडेलको रहेको छ। उमंग म्युजिक प्रा.लि.को प्रस्तुती रहेको तीज गीतको भिडियो उमंग म्युजिकको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।



लाेकपाटी न्यूज

