काठमाडाैं, २८ असार । नेपालमा मनसुन सक्रिय भएसँगै केही दिनदेखि देशभर अविरल वर्षा भइरहेको छ। अविरल वर्षाका कारण आएको बाढी, पहिराे तथा डुबानले धनजनको क्षति सुरु गरेको छ।
अहिलेसम्म मुलुकभर २३ जनाको मृत्यु, १० जना बेपत्ता तथा सैयौं घाइते भएको तथ्यांक प्रहरीले दिएको छ। अझै भारी वर्षा जारी रहने भएकाले बाढी, डुबान तथा पहिरोको जोखिममा रहेकाहरूले विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ।
यस विषयमा गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले सूचना प्रकाशन गरेको छ। सूचना प्रकाशन गर्दै केन्द्रले वर्षातका बेला कसरी सूरक्षा सतर्कता अपनाउनेा भन्ने सन्दर्भमा केही उपायहरु दिएकाे छ ।
यस्ता छन् मनसुन र वर्षातका बेला अपनाउनुपर्ने सतर्कता र सुरक्षाका उपायः
१. देशैभरि मनसुन सक्रिय रहेकाले बाढी, डुबान र पहिरोको जोखिमयुक्त स्थानमा सावधानी अपनाऔं।
२. उच्च जोखिममा रहेका बस्तीहरू पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरण गरौं।
३. आपतकालीन आत्यावश्यक सामग्री (जस्तैः खानेकुरा, कपडा, औषधि, पानी) हरूको जोहो गरी सुरक्षित स्थानमा राखौं।
४. बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऔं।
५. मौसम पूर्वानुमान तथा नजिकका नदी, नालामा पानीको बहावको सूचना लिई आवश्यक सतर्कता अपनाऔं। नदीको सतह बढेमा तल्लो तटीय क्षेत्रमा सूचना प्रवाह गरौं।
६. बाढी आएका बेला नदीनालामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा संकलन गर्ने र गाइवस्तुत चराउनेजस्ता कार्यहरू उच्च जोखिममा रहने हुँदा त्यस्ता कार्यहरू नगरौंरनगराऔं।
७. सरोकारवाला निकायहरूको अत्यावश्यक सामग्री, आवश्यक जनशक्ति र उच्च सतर्कतासहित तयार भई प्रतिकार्यमा जुटौं।
८. मौसम पूर्वानुमान, सम्भाव्य जोखिम तथा सुरक्षाका उपायहरूबारे सरोकारवालाहरू सबैले जोखिममा रहेका परिवारहरू तथा बस्तीहरूलाई समयमै सुसूचीत गरौं।



लाेकपाटी न्यूज

