काठमाडौं। प्राचीन कालमा हजारौं धर्महरु प्रचलनमा थिए। त्यतिबेला धर्म नै राज्य सञ्चालनको मूल आधार हुन्थ्यो।
न्याय निसाफको लागि धर्मकै सहारा लिने गरिन्थ्यो।
मान्छेहरुमा धर्मको त्रास थियो। जसले गर्दा उनीहरु धर्मको डरले पनि नरम्रो काम गर्न सक्दैन थिए। यी हजारौं धर्महरु ईस्लाम र ईसाई धर्मको आगमनसँगै लुप्त भएर गए। अहिले त एक अनुमानित सर्वेक्षण अनुसार विश्वमा करिब ३ सयको हाराहारीमा मात्रै धर्महरु रहने गरेका छन्।
कुनैपनि देशमा धेरै धर्म हुनु राम्रो पनि मानिन्छ। यद्यपि कट्टरपन्थी सोचका कारण विश्वबाट धेरै धर्महरु हराएर गएका इतिहासहरु देख्न सकिन्छ। यी सयौं धर्महरु मध्ये पनि मूल धर्मको रुपमा भने ७ वटा धर्म नै प्रचलनमा रहेको पाउन सक्दछौं। ती हुन् हिन्दू, जैन, बौद्ध, सिख, ईसाई, इस्लाम, यहूदी र वुडू। यसको अलावा पारसी, यजीदी, जेन, शिन्तो, पेगन, बहाई, ड्रूजÞ, मन्देन्स, एलामितेस आदि धर्म मान्ने संख्या भने निकै कम छ।
इतिहासको हिसाबले हेर्दा अहिलेसम्म प्रचलनमा आएको धर्महरु मध्ये सबैभन्दा पुरानो सनातन हिन्दू धर्म नै हो।अहिले सबैभन्दा धेरै मानिसहरुले मान्ने गरेको ईस्लाम र ईसाई धर्म त केही सय वर्ष पहिले मात्रै आएको हो। अरु धर्महरुको इतिहास सय वर्षमा गणना गरिन्छ भने हिन्दू धर्मको हजारमा। विभिन्न मूलभूत धर्महरुको इतिहासलाई तल उल्लेख गरिएको छ।
१. हिन्दू धर्म
स्वायम्भुव मनु ९०५७ ईसा पूर्वका हुन्, वैवस्वत मनु ६६७३ ईसा पूर्वका हुन्, श्रीरामको जन्म ५११४ मा भएको थियो र श्रीकृष्णको जन्म ३११२ मा भएको थियो। यसरी हिसाब गर्दा १२ देखि १५ हजार वर्ष पुरानो वर्तमान शोधानुसार ज्ञात रूपले यो धर्मलाई लगभग २४ हजार वर्ष पुरानो धर्म मान्ने गरिन्छ। पौराणिक मान्यता अनुसार यो धर्म ९० हजार वर्ष प्राचीन धर्म हो भन्न सकिन्छ।
२. जैन धर्म
जैन धर्मका प्रथम तीर्थंकर ऋषभनाथ स्वायम्भुव मनु ९९०५ ईसा पूर्व० देखि पाँचौ पिढीसम्म यसरी आए। स्वायम्भुव मनु, प्रियव्रत, अग्नीघ्र, नाभि र ऋषभ। यसरी आएका २४ औं तीर्थंकर महावीर स्वामीले यस धर्मलाई एक नयाँ व्यवस्था दिए ।
३.यहूदी धर्म
आजभन्दा लगभग ४ हजार वर्ष पुरानो यहूदी धर्म वर्तमानमा इजराइलको राजधर्म हो। हजरत आदमको परम्परामा अघि चलेर हजरत इब्राहिम भए र फेरि हजरत मूसा। ईसाको लगभग १५०० वर्ष पहिले जन्मिएका ह्न्। मूसाले यहूदी धर्मको स्थापना गरेका थिए।
४. पारसी धर्म
पौराणिक इतिहास अनुसार ईसाको लगभग १२०० देखि १५०० वर्ष पहिले पूर्वी ईरानमा महात्मा जरथुस्त्र थिए। उनले नै पारसी धर्मको स्थापना गरेका हुन्। यो धर्म कहिलेकाहिँ इरानको राजधर्म हुने गर्दथ्यो। इतिहासकारहरुको मत अनुसार जरथुस्त्र १७०० देखि १५०० ईपूको बीचमा जन्मिएका थिए।
५. बौद्ध धर्म
ईसाई र इस्लाम धर्मभन्दा पहिले नै बौद्ध धर्मको उत्पत्ति भएको थियो। गौतम बुद्धको जन्म ईसाको ५६३ वर्ष पहिले जब कपिलवस्तुकी महारानी महामाया देवीको कोखबाट लुम्बिनी बनमा भएको थियो।
६. ईसाई धर्म
हजरत इब्राहिमको परम्परामा अघि बढेर ५ औं ईसा पूर्व ईसा मसीहाको जन्म भयो। उनको जन्म फिलिस्तिनको बेथलेहममा नाजारेथको एक यहूदी परिवारमा भएको हो। ईसा मसीहाको १२ औं शिष्यले ईसाई धर्मलाई स्थापना गरेका हुन्।
७.इस्लाम धर्म
हज मुहम्मद अलैको जन्म सन् ५७१ ईस्वी. मा मक्कामा पीरको दिन भएको थियो। उनैले इस्लाम धर्मको स्थापना गरेका हुन्। पछि गएर खलिफाहरुले यस धर्मलाई फैलाए।
८.सिख धर्म
सिख धर्मको दश गुरुहरु मध्ये प्रथम हुन् गुरु नानक। जसको जन्म १४६९ मा तलवण्डी, पञ्जाबमा भएको थियो।
यसको हिस्सा अहिले पाकिस्तानमा पर्दछ। सिख धर्ममा कुल १० गुरुहरु भए। अन्तिम गुरु गोविन्दसिंह जी थिए।
९. संसारमा शिन्तो, ताओ, जेन, यजीदी, पेगन, वूडू, बहाई धर्म, अहमदिया, कन्फ्यूशियस, काओ दाई आदि अनेक धर्म छन। तर, यी सबै धर्महरु उपरोक्त धर्मबाट निस्किएको धर्म हो।



लाेकपाटी न्यूज

