धेरै सरसफाइले बच्चाको रोग प्रतिरोधी क्षमता घट्छ

warm-cap Baby
तस्वीर स्रोत : गुगल
लाेकपाटी न्यूज

हामी हाम्रा नानीबाबुहरु विरामी नहुन भनेर हामी निकै चिन्तित हुन्छौं। टेक्नोलोजी र जनचेतनाको बढ्दै गएको यो युगमा आफ्ना छोराछोरीको स्वास्थ्य र सुरक्षाका लागि अनेक उपायहरु अपनाइरहेका हुन्छौँ।

बालबालिकालाई किटाणु, जीवाणु र विषाणुबाट बचाउन सरसफाइमा ध्यान नदिने त कुरै भएन्। तर, नयाँ एक अध्ययनले भने बाल अवस्थामा किटाणुबाट बचाउँदै इन्फेक्सनबाट धेरै मात्रामा बचाए पछि ल्युकेमिया भन्ने रोग लाग्ने खतरा बढी भन्ने तथ्य अघि सारेको छ। ल्युकेमिया हुने अवस्थाको पछाडि भने बच्चालाई यदी इन्फेक्सन भइराख्यो भने इम्युन सिष्टम अर्थात् प्रतिरोधी क्षमता दह्रो हुन्छ।

तर यसरी इन्फेक्सन नै नभई कोही हुर्किएमा उसमा त्यो क्षमता हुँदैन र रोगी हुने सम्भावना बढी रहन्छ। नेचर रिव्युज क्यान्सर नामको जर्नलमा छापिएको अध्ययनको लेखमा अक्युट लिम्फोब्लाष्टिक ल्युकेमिया जुन बच्चामा हुने क्यान्सर रोगका लागि दुई पक्ष जिम्मेवार रहेका छन्।

जसमा जन्मजात नै जेनेटिकको कारण र पछि भने बच्चालाई इन्फेक्सन नहुँदा (धेरै सुरक्षित र धेरै सफाइको कारण) इम्युनिटी विकास नहुँदा यो रोग लाग्न सक्छ। अध्ययनको निष्कर्ष भनेको यदी जेनेटिक कारणले यो रोग सरेको होइन भने बाल अवस्थामा धेरै सरसफाइमा ध्यान दिने र किटाणुबाट बचाउने गर्दा उनीहरुमा लिम्फोब्लाष्टिक ल्युकेमिया हुने सम्भावना बढी हुन्छ।

यो यस्तो क्यान्सर हो, जुन जन्म अवस्थादेखि ४ वर्षसम्मका बच्चाहरुलाई लाग्ने गर्छ। यो रोग अहिले विकसित मुलुकहरुमा धेरै मात्रा देखिन थालेको छ। र यसको मुख्य जिम्मेवार भने सरसफाइ नै रहेको अध्ययनको निष्कर्ष छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्