भाषा कक्षासँगै लोकसेवा तयारी कक्षा

लाेकपाटी न्यूज

काठमाडौं। काठमाडौंको बागबजारमा रहेको फ्युचर गोल कन्सल्टेन्सीले लोकसेवा तयारी कक्षा सञ्चालन गरिरहेको छ। अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई भाषा कक्षा सञ्चालन गरिरहेको फ्युचर गोलले लोकसेवा तयारी कक्षा सञ्चालन गरेको हो।

लोकसेवा आयोगबाट मिति २०७६।०२।१५ गते ५१५ वटा स्थानीय तहका विभिन्न पदमा पदपूर्तिका लागि प्रकाशित विज्ञापनमा अनलाइन प्रणालीमार्फत् दरखास्त माग गरेको थियो। लोकसेवाको उक्त विज्ञापनलाई लक्षित गर्दै कन्सल्टेन्सीले लोकसेवा कक्षा सञ्चालन गरेको सञ्चालिका पार्वती बस्नेतले जानकारी दिइन्।

सोही स्थानीय तहका लागि आवश्यक विभिन्न पद खरिदार, नासु र अधिकृत सम्बन्धि तयारी कक्षाहरु अनुुभवी तथा दक्ष शिक्षकहरुबाट सुलभ मूल्यमा बागबजारको फ्युचर गोल कन्सल्टेन्सीले तयारी कक्षा सञ्चालन गरिरहेको छ।

कन्सल्टेन्सीमा सस्तो र गुणस्तरीय कक्षा सञ्चालन हुने अर्का सञ्चालक सुवास बस्नेतले बताए। लोकसेवा तयारीका कक्षाका लागि बागबजारमा ०१४२२३०९५, ९८६०३१६६२९,९८२३६६७८३२ मा सम्पर्क गर्न सकिने बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्