संसदमा तीन मिनेट ढिलाे पुगेपछि मन्त्रीले दिए राजीनामा

Yoshitaka-Sakurada pic
लाेकपाटी न्यूज

काठमाडौं । एक मन्त्री संसदीय बैठकमा निर्धा्रित समयभन्दा ३ मिनेट ढिलो पुग्दा राजीनामा मागिएको छ। जापानका ओलिम्पिक्स मामिलामन्त्री योशीताका साकुरादा बिहीबार बैठकमा जम्मा ३ मिनेट ढिला आउँदा विपक्षी सांसदहरूले चर्को विरोध गरेका छन्।

मन्त्रीको ढिलाईले उनको कार्यालयप्रति अपमान दर्शाएको भन्दै विपक्षी सांसदहरुले बजेट समितिको बैठक नै विरोधस्वरूप पाँच घण्टासम्म बहिष्कार गरिदिएका हुन्। श्रृङ्खलाबद्ध गल्ती गरेको भन्दै साकरादाको उनीहरूले चर्को आलोचना गरेका छन्।

गत साता साकुरादाले ओलिम्पिक्समा पौडीमा पदक जित्ने आश गरिएकी जापानी खेलाडी रिकाको इकिलाई ल्युकेमिया रोग लागेको पत्ता लागेपछि आफू निराश भएको जनाएका थिए। उनले भनेका थिए “सन् २०२० को टोकियो गेम्समा उनले स्वर्णपदक ल्याउने सम्भावना थियो।

उनीप्रति हाम्रो ठूलो आशा थियो । म निराश भएको छु।” लगत्तै उनको उक्त टिप्पणीको आलोचना भयो र उनले क्षमा पाग्नु परेको थियो। सन् २०१६ मा पनि उनले दोस्रो विश्व युद्धताका जापानी सैनिकलाई मनोरञ्जन गराउन बाध्य पारिएका कम्फर्ट विमेन भनिने महिलाहरूलाई व्यावसायिक वेश्याको संज्ञा दिएपछि आलोचित बन्नु परेको थियो।

हालैका वर्षहरुमा साइबर सुरक्षा मामिलाको समेत जिम्मेवारी सम्हालेका साकुरादाले आफूले कहिल्यै कम्प्युटर नचलाएको र सधैँ कर्मचारीको सहयोग लिने गरेको बताएका थिए। बीबीसी