काठमाडौं, २३ असार । बस दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ। भारतको उत्तर प्रदेशस्थित आगरामा बस दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको हो।
लखनउबाट दिल्लीका लागि छुटेको बस यमुना एक्सप्रेस–वेमा नालीमा खस्दा २९ जनाको मृत्यु भएको हो। दुर्घटनामा अन्य १८ जना घाइते भएका छन्।अनियन्त्रित भएर नालीमा बस खस्दा आधा भाग डुबेको प्रहरीले जनाएको छ।
बसबाट सबै शव बाहिर निकालिएको र घाइतेलाई उपचारका लागि अस्पताल लगिएको जनाइएको छ। ज्यान गुमाउनेमा २७ जना वयस्क, एक किशोरी र एक डेढ वर्षीया बालिका छन्। (एजेन्सी)



लाेकपाटी न्यूज
