काठमाडौं, २२ असार । जैविकप्रविधि संस्था समाज र राष्ट्रिय युवा परिषदको संयुक्त आयोजनामा युवा परिषदको परिसरमा शनिवार एक दिने उष्ण प्रदेशीय रोग र परामर्श सम्बन्धि अन्तरक्रियात्मक (Talk Series on Medical Biotechnology; Tropical Disease and Counselling) कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय युवा परिषदको संयुक्त आयोजनामा पहिलो पटक आयोजना गरिएको कार्यक्रममा एक सयभन्दा बढीको सहभागिता रहेको थियो। जैविकप्रविधि र जीव विज्ञानको बृहत्तर विकास र हितका लागि सदैव सकृय जैविक प्रविध संस्था समाजले यस्ता किसिमका विचार गोष्ठी समय समयमा गर्दै आएको छ।
राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधवप्रसाद ढङ्गेलको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा स्रोत व्यक्तिका रुपमा जैविकप्रविधि केन्द्रीय विभागका विभागीय प्रमूख प्रा.डा. कृष्णदास मानन्धर रहेका थिए। राष्ट्रिय युवा परिषदले देशमा यूवा परिचालन, युवा अभिमूखीकरण र रोजगारी विकासका लागि विभिन्न क्षेत्रका अनेक कार्यक्रम र जैविकप्रविधि संस्था समाजको सचेतना एवं जैविकप्रविधि सम्बन्धी परामर्श अनुरुप कार्यक्रम आयोजना गरिएको हो।
समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवाभन्ने नारालाई प्राथमिकताका साथ उद्रितगर्दै राष्ट्रिय युवा परिषदकी पदाधीकारी कमला ज्ञवालीले स्वदेशमा नै युवाले अवसरको खोजी गर्नुपर्ने कुरामा जोड दिईन्। ज्ञवालीले वर्तमान समयमा नेपाल विकासका लागि लम्किरहेको बेलमा युवाहरुले अवसर र चुनौतीमा हराएर मात्र नभई सच्चा मानव र नागरिक हुने पाटो पनि एउटा टड्कारोको रुपमा रहेको बताइन्।
त्यस्तैगरि कार्यक्रममा राष्ट्रिय युवा परिषदका काम र उद्देश्यलाई प्रस्तुत गर्दै उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले परिषदले अगाडि सारेका कार्यक्रममा सकृयताका साथ युवाहरुले सहभागी जनाएर स्वदेशी माटोका सम्भावनामा काम गर्न हरेक नेपाली युवाको दायित्व रहेको बताए। युवा लक्षित योजना र सरकारी तवरबाट युवाका लागि उपलब्ध सुविधाहरु जसअन्तर्गत राष्ट्रिय सम्मेलन, विज्ञान तथा प्रविधि सम्मेलन, विनाधितो ऋण, युवा शसक्तीकरण र अवसर प्राप्तिमा प्रोत्साहनका लागि तालिम, युवा सांसद, आदि पर्दछन् ।
यी सबै योजनालाई केन्द्र र प्रदेश स्तरमा विकास विस्तार गर्न युवा परिषद लागि परिरहेका जानकारी दिए। यस्तै, काठमाडौं विश्वविद्यालयका छात्र निरोज भण्डारीको नसर्ने रोगबारे गरेको आफ्नो शोध कार्यका केही कुराहरुको प्रस्तुतीमा उमेर बढ्दै गरेका जनमानसमा सान्दर्भिक पौष्टिक आहार र सम्बन्धित पक्षबारे चर्चा भएको थियो।यस्तै कार्यक्रमका स्रोत व्यक्ति प्रा.डा. ले Tropical Disease:Present Challenge and Opportunities शीर्षकमा दिएको प्रस्तुतीमा विश्व स्वास्थ्य संगठनले तोकेका र नेपालको सन्दर्भमा जोखिम रहेका रोग र सो विषयमा भइरहेका शोधबारे जानकारी गराए।
जस अन्तर्गत Cysticercosis, malaria, leishmania, demgue, filariasis र आदि पर्दछन्। स्वास्थ्य क्षेत्रका महत्पूर्ण पक्षहरु जलवाय’ परिवर्तन, Vector Borne Diseases, Antimicrobial resistance, Emerging threats, diagnosis, treatment, vaccination आदि पक्षलाई पनि महत्वका साथ लिनु पर्नेमा प्रकाश पारिएको थियो।
सह-सचिव दिनेश गिरीको संयोजकत्वमा सञ्चालन भएको कार्यक्रममा जैविकप्रविधि संस्था समाजका कार्यकारी सदस्य र राष्ट्रिय युवा परिषदका सदस्यहरुको क्रियाशिलतामा कार्ययोजना बनाई कार्यक्रम गरिएको हो। कार्यक्रम जैविकप्रविधि संस्था समाजका अध्यक्ष नवीन नारायण मुनंकर्मीको अध्यक्षतामा सम्पन्न भएको थियो।



लाेकपाटी न्यूज
