यस्तो छ आजको मौसम पूर्वानुमान

mausam-1
लाेकपाटी न्यूज

काठमाण्डौं, २० असार । शुक्रबार देशभरको मौसम सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शुक्रबार बेलुकीपख देशका केही ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन्।

विषेश गरी पहाडी भेगमा र तराईका केही ठाउँमा बेलुकातिर पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङगले बताए। मध्य र पश्चिम भेगका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिए।शुक्रबार राति पनि दिउँसो जस्तै मौसम बदली भएर केही स्थानमा पानी पर्ने महाशाखाले जनाएको छ।

अन्य ठाउँको मौसम आशिंकदेखि सामान्य बद्ली भई थोरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ। मनसुन सक्रिय अवस्थामा नभएकाले पानी परेपनि एकैछिन परेर रोकिने मौसमविद् प्रधानाङ्गले बताए।नेपालमा समान्यतया मनसुन भित्रिने समयभन्दा १० दिन ढिलो गरी गएको असार ५ गते मनसुन भित्रिएको थियो।

मनसुन भित्रिए पनि सक्रिय नहुँदा ठूलो पानी पर्न सकेको छैन। मनसुनी वर्षा हुनुपर्ने समयमा वर्षा हुन नसक्दा दिनप्रतिदिन उखरमाउलो गर्मी बढ्दै गएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्