गाउँपालिका सदस्य चेपाङमाथि इन्द्रबहादुरले गोली हानेको आरोप

Goli
लाेकपाटी न्यूज

धादिङ, २० असार । धादिङको बेनीघाट रोराङ गाउँपालिका ८ का सदस्य रामजी चेपाङमाथि गोली प्रहार गरिएको छ।

गोली टाउकोमा लागेर सख्त घाइते भएका चेपाङको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। गोठीभञ्जयाङस्थित आफ्नै घरमा बुधबार राति खाना खाइरहेको अवस्थामा उनलाई गोली हानिएको थियो।चितवनको राप्ती नगरपालिका १३ गाम्दा निवासी इन्द्रबहादुर चेपाङले गोली हानेको परिवारजनले आरोप लगाएका छ्न्।

२ महिनाअघि गाम्दामा सञ्चालित कुमार चेपाङ छात्राबासमा बस्ने २ जना चेपाङ किशोरीलाई बलात्कार प्रयास गरेपछि मुद्दा लागेर फरार रहेका इन्द्रले नै २ नाले भरुवा बन्दुकले गोली प्रहार गरेको प्रारम्भिक सूचना प्राप्त भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्