त्रिशूलीमा ट्रक खस्यो, दुईको घटनास्थलमै मृत्यु

trisuli accident pic
फाइल फोटो
लाेकपाटी न्यूज

काठमाडौं, २० असार । चितवनको इच्छाकामना ३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा ट्रक खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

आज शुक्रबार बिहान ५ः४५ बजे मुग्लिनबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत दुर्घटना हुँदा एक जना घाइते भएका छन्।  मृत्यु हुनेमा ट्रकका सह–चालक सर्लाही घर भएका १९ वर्षीय बालकिशोर यादव रहेका छन् भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए।

यस्तै दुर्घटनामा चालक सर्लाही घर भएका २० वर्षीय दीपेन्द्र साह घाईते भएका छन्। उनको भरतपुरमा उपचार भईरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्