प्रकाश ढकाल / युएई, १८ असार । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान युएई शाखाले विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ।
जुलाई १२ शुक्रबार २०१९ का दिन वर दुबई स्थित क्लब एभरेष्टमा विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको हो। केन्द्रीय भवन निर्माण सहयोगार्थको लागि उक्त कार्यक्रम गरिन लागिएको युएई शाखाका अध्यक्ष गोपीकृष्ण पंगेनीले जानकारी दिए।
प्रथम बार्षिकउत्सव तथा साँस्कृतिक कार्यक्रम सफल बनाउनको लागि चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, मोडल अञ्जलि अधिकारी उक्त कार्यक्रमा युएई जाँदै छन्।
युएईमा कर्मथलो बनाएर बसेका चर्चित कलाकारहरुको साथमा नेपालबाट गएका कलाकारहरुको विशेष प्रस्तुती रहने छ।करिव एक वर्ष पहिले स्थापना भएको युएई शाखाले पहिलो पटक कार्यक्रम आयोजना गरेकाे हाे ।



लाेकपाटी न्यूज

