काठमाडौं। राति खाली पेट सुत्दा शरीरको वजन कम हुन मद्दत पुग्छ। कतिपय बढी वजन भएका मानिस यही कारण पनि राति केही पनि नखाई सुत्न रुचाउँछन्। तर, चिकित्सक अनुसन्धानकर्ताहरुले यो आदत हानिकारक हुन सक्ने पत्ता लगाएका छन्।
पेट खाली राखेर न त वजन घट्छ न त शरीरमा स्फूर्ति नै आउँछ। राति खाना नखाई सुत्दा शरीरमा पोषकतत्व कमी हुन जान्छ, विशेषगरी माइक्रोन्युट्रिसनल डिफिसिएन्सी। मानव शरीरलाई म्याग्नेसियम, भिटामिन बी १३ तथा भिटामिन डी ३ जस्ता माइक्रो न्युट्रिएन्ट्स आवश्यक पर्छ। हामीले राति खाना नखाने आदत बसाल्दा कुपोषणको सिकार हुने सम्भावना अधिक रहन्छ।
तपाईं यदि रातिको खाना (डिनर) छाड्नुहुन्छ या नियमसङ्गत ढङ्गमा खानपान गर्नुहुन्न भने तपाईंको मेटाबोलिजममा नकारात्मक असर पर्न सक्छ। यसले तपाईंको इन्सुलिन लेभल गडबड हुन पुग्छ। साथै, कोलेस्टोरल र थाइराइडको लेभल पनि गडबड हुन सक्छ।
सही खाना, सही समयमा नखाँदा हार्मोनमा समेत असर पर्न जान्छ, नतिजामा थुप्रैखाले रोग निम्तन सक्छ। केही पनि नखाई सुतेको रात तपाईंलाई ओल्टकोल्टे फर्किरहन मन लाग्छ। खाली पेटमा सुत्दा मनोवैज्ञानिक असर पर्छ र गहिरो निद्रा नलाग्ने सम्भावना अधिक हुन्छ।
कतिपय मानिस वजन घटाउने उद्देश्यमा डिनर खाँदैनन्, तर यसको असर उल्टो पर्न सक्छ। यसमा दुईमत छैन कि, रातमा कम खाना खानुपर्छ।यसको अर्थ खाना खाँदै नखानु भन्ने बिलकुलै होइन। यसो गर्दा झन् उल्टो असर पर्न गई वजन बढ्ने सम्भावना हुन्छ। शरीर यस्तो मोडमा पुगेको हुन्छ कि, तपाईं फ्याट स्टोर गर्न थाल्नुहुन्छ।
राति लामो समय केही पनि नखाँदा शरीरले इनर्जी जम्मा गर्न थाल्छ, नतिजामा मोटोपना बढ्छ। वजन सही बनाउनका लागि तपाईंले सही समयमा सही खानपानको व्यवस्थापन गर्नुपर्छ।नवभारत टाइम्समा आधारित



लाेकपाटी न्यूज

