झापा, १६ असार । झापाको भद्रपुर १० एसपी मोड अगाडि प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्दा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा अर्जुनधारा ५ का ३१ वर्षीय उमाकान्त राजवंशी रहेका छन्। जिल्ला प्रहरी कार्यालय, झापाका एसपी दिनेशराज मैनालीका अनुसार ना २ ख ८३६० नम्बरको ट्रक चालक राजवंशीले ड्यूटीमा खटिएका प्रहरी जवान राजु राजवंशीलाई घुस दिएका थिए।
‘सवारी दर्ता किताबको बीचमा राखेर घुस दिन खोजेपछि हाम्रा कर्मचारीले नियन्त्रणा लिएका थिए’, मैनालीले भने, ‘अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेका छौं।’



लाेकपाटी न्यूज

