डोटी, १६ असार । सेती नदीमा नुहाउने क्रममा बगेर एक पुरुष बेपत्ता भएका छन्। सोमबार दिउँसो नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ बस्ने ४० वर्षीय चक्र कुन्जेडा रहेका छन्।दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ मा रहेको सेती नदीको घाटमा आफन्तको मलामी आएको बेलामा सेती नदीमा नुहाउने क्रममा कुन्जेडा बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमूख कमलापति पन्तले जानकारी दिए।
सेतीमा बगेर बेपत्ता भएका कुन्जेडाको अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले खोजी गरिरहेका छन्।सेती नदिमा पानीको बहाब बढी भएको तथा धमिलो पानी भएका कारण खोजी कार्यमा समस्या भैरहेको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज
