काठमाडौं, १६ असार । भारत प्रशासित जम्मू कश्मीरमा सोमबार बिहान भएको सवारी दुर्घटनामा ३० जनाको मृत्यु भएको छ।
जम्मू कश्मीरको रिश्तवाडमा केशवन थकराई रोडबाट बस तल खस्दा बसमा यात्रारत ३० जनाको ज्यान गएको हो।
दुर्घटनामा सात जना गम्भिर घाइते रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
जेके १७–६७८७ नम्वरको मिनीबस ओभरलोडका कारण सडकबाट तल खसेको स्थानीय प्रहरीले जनाएका छन्। दुर्घटनामा परेकाहरुको उद्दार तत्कालै भएकाले घाइतेहरुलाई उपचारका लागि अस्पताल लैजान सकिएको स्थानीय अधिकारीहरुले बताएका छन्।



लाेकपाटी न्यूज

