प्रहरी र विप्लव समूहबीच गोली हानाहान

Goli
लाेकपाटी न्यूज

संखुवासभा, १६ असार । संखुवासभामा नेपाल प्रहरी र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहबीच जम्काभेट हुँदा गोली हानाहान भएको छ ।

त्यसक्रममा फायरिङ भएको प्रहरीले दाबी गरेको छ। तर, दुवै पक्षमा कुनै क्षति भएको छैन। प्रदेश १ का प्रहरी प्रमूख डीआईजी ठाकुरप्रसाद ज्ञवालीका अनुसार सिलिचोङ गाउँपालिका १ मा गस्तीका लागि टोली गएको थियो। उनले भने, ‘गस्तीमा टोली गएको छ। कहिले काहीँ फिल्डमा जाँदा सांकेतिक फायरिङ हुन्छ। अरु केही होइन।’

प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले भने हुइंला भन्ने स्थानमा विप्लव समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेको बताए। उनले भने, ‘उनीहरुले फायर गर्दै जंगलतिर भागेपछि प्रहरीतर्फबाट पनि गोली चलेको छ। थप विवरण आइसकेको छैन।’

प्रहरीका अनुसार त्यस क्षेत्रमा थप मद्दतको टोली पनि पठाइएको छ। प्रहरीको टोलीले जवाफी फायरिङ गरेपछि विप्लवका कार्यकर्ता भागेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्