सुडान प्रदर्शनमा ७ को मृत्यु

sudan pradashan pic
लाेकपाटी न्यूज

काठमाडौं, १६ असार । सुडानमा भएको प्रदर्शनले हिंसात्मक मोड लिँदा ७ जनाको मृत्यु भएको छ। कम्तीमा १८१ जना घाइते भएका छन । सैन्य शासनविरुद्ध प्रदर्शनले हिंसात्मक मोड लिँदा ७ जनाको मृत्यु भएको हो।

आइतबार भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरु राष्ट्रपति निवासको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि भएको झडपका क्रममा हुँदा ७ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सुडानको सरकारी सञ्चार माध्यमले जनाएको छ।

प्रदर्शनको नेतृत्व गरेको विपक्षी दलले भने सरकारी भनाइको खण्डन गरेको छ। सुडान डक्टर्स समर्थक विरोध समितिका अनुसार हिसात्मक प्रदर्शनका क्रममा कम्तीमा ५ जनाको ज्यान गएको छ। जनप्रदर्शनबाट हच्किएको सेनाले निर्वाचन गरेर नागरिकलाई सत्ता हस्तान्तरण गर्ने वचन दिया । यद्यपि, त्यसबाट पनि सुडानका नागरिक सन्तुष्ट हुन सकेका छैनन्।

उनीहरु सत्ता नागरिकलाई हस्तान्तरण गर्नुपर्ने माग राखेर संघर्षमा उत्रिएका छन्। आइतबारको प्रदर्शन गत जुन ३ मा प्रजातन्त्र पक्षधरहरुले गरेको प्रदर्शनपछिको सबैभन्दा ठूलो भएको बताइएको छ।