नुवाकाेटमा प्रहरी र स्थानीयवासीबीच झडप

jhadap-kutakut
सांकेतिक तस्विर
लाेकपाटी न्यूज

नुवाकाेट, १४ असार । काठमाडौँको फोहर व्यवस्थापन गर्ने मुख्य क्षेत्र नुवाकोटको सिसडोलका बासिन्दा पुनः आन्दोलनमा उत्रेका छन् ।

नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलका बासिन्दाले क्षतिपूर्ति पुनरावलोकन लगायतका माग गर्दै ‘ल्याण्डफिल्ड साइड’ एक हप्तादेखि बन्द भएपछि वार्ता गर्न पुगेका काठमाडौँ महानगरपालिकाको टोलीसँग कुरा नमिलेपछि  स्थानीयवासी र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा केही स्थानीयवासी र केही प्रहरी घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमूख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले वार्ताका लागि सहमति नजुटेपछि धकेलाधकेल हुँदा केही प्रहरी र केही स्थानीयवासी सामान्य घाइते भएको जानकारी दिए ।

एक हप्तादेखि काठमाडौँको फोहर उठ्न नसक्दा उपत्यकाको चोकचोकमा फोहरको थुप्रो जम्मा भएका छन् । फोहर व्यवस्थापनबारे काठमाडौँ महानगरपालिकाका प्रतिनिधि र स्थानीयवासीको छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्