सर्लाही, १४ असार । सर्लाहीको लालबन्दी नगरपालिकामा गोली चलेको छ । गोली लागेर मन्दिर निर्माणमा संलग्न रहेका मजदुर घाइते भएका छन् ।
घाइते हुनेमा लालबन्दी नगरपालिका–१ नवलपुरका ३० वर्षीय जयन महतो रहेका छन् । प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुईजना व्यक्तिले मन्दिर निर्माण क्षेत्रमा कार्यरत महतोमाथि गोली प्रहार गरेका हुन् ।
अहिले गोली प्रहार गर्ने व्यक्तिको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गाेली हानी फरार व्यक्तिलाइ चाँडै प्रहरी नियन्त्रणमा ल्याएर घटनाका सम्बन्धमा थप अनुसन्धान गरिने प्रहरी स्राेतले बताएकाे छ ।



लाेकपाटी न्यूज

