प्रियंकाले आयुष्मानलाई साेधिन् : साँचो माया गर्छौ कि गर्दैनौ ?

priyanka aayushman
लाेकपाटी न्यूज

काठमाडौं । नेपाल आइडल सिजन २ का विजेता रवि ओडले नयाँ गीत बजारमा ल्याएका छन् । हाइलाइट्स नेपालको च्यानलमार्फत युट्युबमा सार्वजनिक गरिएको गीतमा प्रेमका भावनालाई उनिएको छ ।

रवि ओड र दुर्गा खरेलको स्वर रहेको गीतमा ध्रुवप्रसाद अम्गाईँका शब्द रहेकाे छ भने अर्जुन पोखरेलको संगीत रहेकाे छ ।

उक्त ‘घरमा कुरा’ बोलको गीतमा प्रेमिकाले प्रेमीलाई आफूलाई माया गर्ने र नगर्नेबारे सोधिरहेका छिन् । भिडियोमा प्रेमी प्रेमिकाको भूमिकामा आयुष्मान देशराज जोशी र प्रियंका कार्की छन् । भिडियोमा प्रियंकाले आयुष्मानलाई माया गर्ने कि नगर्ने भन्दै सोध्छिन् ।

यस्तै गीतको भिडियोलाई रामेश्वर कार्कीले छायांकन गरेका हुन् भने निर्देशन तथा कोरियोग्राफी शिव विकले गरेका हुन् ।

भिडियाे हेर्नुहाेस्:

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्