काठमाडौं, १२ असार । नेपाली सेनाका ५ जना सेनानी महासेनानीमा बढुवा सिफारिस भएका छन्। गत सोमबार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो।
बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकले ५ जना सेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।
सेनानी प्रज्वल शमसेर रायमाझीसहितका ५ जनालाई महासेनानीमा बढुवा गरिएको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले बताए।



लाेकपाटी न्यूज

