चितवन, १२ असार । जिल्ला प्रहरी कार्यालय चितवनको प्रवक्ताको जिम्मेवारी एकनारायण कोइरालाले सम्हालेका छन्।
हालै चितवन सरुवा भई आएका कोइरालालाई प्रवक्ताको जिम्मेवारी दिइएको छ।कोइराला पाँच नम्बर प्रदेशको दंङ्गा नियन्त्रण प्रहरी गण सुनवल नवलपरासीबाट सरुवा भई चितवन आएका हुन्।
यसअघि चितवनको प्रहरी प्रवक्ता दुर्गा रेग्मी रहेका थिए। कार्यभार सम्हालेपछि कोइरालाले जिम्मेवारी अनुसारको भूमिका कुशलतापूर्वक निर्वाह गर्ने बताए।



लाेकपाटी न्यूज

