विराटनगर, १२ असार । मोरङमा बुधबार चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। रंगेली नगरपालिका ९ का १४ वर्षीय अभत ऋिषिदेव, वर्ष १६ का अनिल ऋिषिदेवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार दिउँसो ३ बजेतिर पानीसँगै परेको चट्याङ लागेर उनीहरुको स्थानीय दोहमना बजारमा मृत्यु भएको हो।
उनीहरुको शव जिल्ला अस्पताल रंगेलीमा राखिएको प्रहरीले जनाएको छ।


लाेकपाटी न्यूज
