यी हुन् बालुवाटार जग्गा प्रकरणका ८६ अभियुक्त (नामसहित)

Baluwatar
लाेकपाटी न्यूज

काठमाडौं, ११ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको बहुचर्चित जग्गा प्रकरणमा मुछिएका ८६ जनालाई बयानका लागि बोलाएको छ।

बुधबार अख्तियारले नाम र कित्ता नम्बरसहित सार्वजनिक सूचना प्रकाशित गर्दै ललिता निवास प्रकरणमा मुछिएकाहरुलाई ७ दिनभित्र बयानका लागि उपस्थित हुन निर्देशन दिएको हो। अख्तियारले जारी गरेको सूचनामा एक नम्बरमा नाती महर्जन छन् भने ८६ औँ नम्बरमा मोहन महर्जन रहेका छन्।

तर, यसअघि यो प्रकरणमा मुछिएका डा.शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीको नाम अख्तियारले जारी गरेको सूचीमा छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार ढकाल र सुवेदी अख्तियारको सम्पर्कमा रहिरहेकाले उनीहरुको नाम सूचीमा नराखिएको भन्दै उनीहरुलाई फोनमार्फत बोलाएर बयान लिइनेछ।

अख्तियारका अनुसार फोनमार्फत सम्पर्क नभएकाहरुको मात्रै सूचना निकालिएको हो। पूर्वसचिव शारदाप्रसाद त्रितालको जाँचबुझ आयोगले भूमाफिया किटान गरेका ढकाल र सुवेदीका पत्नी क्रमशः उमा ढकाल र माधवी सुवेदीलाई पनि बयानका लागि बोलाएको छ।

222222222222

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्