चट्याङ लागेर ६ जनाको मृत्यु

Rock pic
लाेकपाटी न्यूज

काठमाडौं, ११ असार । चट्याङ लागेर दाङ र रुपन्देहीमा गरी ६ जनाको मृत्यु भएको छ । ती मध्ये तीनजना बालक रहेका छन्।

दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाटमा मंगलबार बेलुका परेको चट्याङ लागेर तीन बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ। प्रहरी नायब निरीक्षक रत्नबहादुर खत्रीका अनुसार मौरीघाटका १२ वर्षीय साजन चौधरी, १३ वर्षीय विवेक चौधरी र १० वर्षीय रमित चौधरीको मृत्यु भएको हो।

चट्याङ लागेर सोही गाउँका ८ वर्षीय अविनाश चौधरी घाइते भएका छन्। उनको लमही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार एकै गाउँका यी बालक मौरीघाट माध्यमिक विद्यालय परिसरनजिकै रहेको जामुनको रुखमुनि जामुन खाँदै थिए।

बेलुका साढे ६ बजेतिर एक्कासी चट्याङ लागेर चारैजना ढलेका थिए। उनीहरुमध्ये अविनाशको अवस्था मात्रै सामान्य थियो भने अन्य तीन जना अचेत अवस्थामा थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्