नवलपरासी , १० असार । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनियाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ।
लु १ झ ३२१ नम्बरको स्कार्पियोमाथि अज्ञात समूहले सोमबार राति आगजनी गरेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ।आजगनीबाट गाडीको पछाडिको भाग सामान्य जलेको छ। प्रहरीले घटनास्थलबाट विप्लव समूहको पर्चा भेटेको छ। यही आधारमा प्रहरीले आगजनीमा विप्लव समूह संलग्न रहेको अनुमान गरेको छ।
विप्लव समूहले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन। विप्लव कार्यकर्ताले उपमेयर मर्दनियामाथि सरकारी सम्पत्ति दुरुपयोग गरेकालगायत आरोप लगाउँदै आएका थिए। यही आरोप लगाउँदै उनीहरुले पत्राचारसमेत गरेको बताइएको छ। क्षति भएको गाडी नियन्त्रणमा लिएर यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज

