‘दाल भात तरकारी’ को ५१ औँ दिन : किन पाइन् आँचलले महंगो उपहार ?

achal pic
लाेकपाटी न्यूज

काठमाडौं, ९ असार । गत बैशाख २० गतेबाट रिलिजमा आएको फिल्म दाल भात तरकारीले ५१ औँ दिन मनाएको छ।

मिश्रित प्रतिक्रिया पाउँदै दर्शकहरुले साथ दिईरहेको यस फिल्मले ५१ औँ दिन मनाएपछि निर्माण टिमले शनिबार ५१ औँ दिन सेलिब्रेशन कार्यक्रम गरेर मनाएको छ। राजधानीका तीन सिंगल थिएटर गोपीकृष्ण, अष्टनारायण र गुण सिनेमामा ५१ औँ दिन मनाएपछि निर्माण टिमले प्राविधिकलाई बोनस र प्रमाण पत्र प्रदान गरेको छ।

फिल्मले नेपालमै लगानी सुरक्षित गरेपछि निर्माण टिमले एक एक कार्यक्रमको आयोजना गर्दै कलाकार, हल सञ्चालक, वितरक र प्रायोजकहरुलाई पनि प्रमाण पत्र वितरण गरेको थियो।सेलिब्रेशन कार्यक्रममा नेपाली सिनमा क्षेत्रका चर्चित हस्तीहरुको उपस्थिती रहेको थियो। ५१ औँ दिन मनाएपछि नायिका आँचल शर्माले निर्माण टिमबाट महंगो उपहार समेत पाएकी छिन्।

उनलाई निर्माण टिमले आइफोनको लेटेस्ट भर्सन दिएको थियो। निर्माता किरण केसीले आँचलले फिल्मले ५१ दिन मनाए आफूलाई आइफोन दिनु पर्ने निर्माण टिमसँग बाजी राखेकोमा फिल्मले त्यो सफलता पाएपछि आँचलले महंगो उपहार पाएकी हुन्। निर्माण टिमले यस पटक फिल्ममा केही कमीकमजोरी भएको स्वीकार गर्दै आगामी प्रोजेक्टमा राम्रो गर्ने बताएको छ।

हरिवंश आचार्यले आफनो स्क्रिप्ट आफूले लेखेकोले फिल्मले पाएको आलोचनाको जिम्मेवारी आफूले लिने बताए। दाल भात तरकारीले भने नेपालमा अहिलेसम्म ६ करोड कलेक्सन गरेको रिपोर्ट निर्माण टिमले दिएको छ। मह संचारको व्यानरमा निर्माण भएको यस फिल्ममा हरिबंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, शिशिर बाङ्देल, मोहितबंश आचार्यलगायतका कलाकारहरुको अभिनय रहेको छ। फिल्मलाई किरण केसी पुत्र सुदन केसीले डेब्यु निर्देशन गरेका हुन्।

dal-bhat-tarkari

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्