विप्लव समूहका दुई नेता पक्राउ

biplob
लाेकपाटी न्यूज

विराटनगर, ९ असार । विप्लव समूहका दुई नेता हतियारसहित पक्राउ परेका छन्। अटोमेटिक पेस्तोल र गोलीसहित मोरङ प्रहरीले विप्लव समूहका दुई नेतालाई पक्राउ गरेको हो।

अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोलीसहित विप्लव समूह मोरङका जनपरिषद प्रमूख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ। धिमाल विप्लव समूहका सक्रिय कार्यकर्ता हुन्। राई केही महिनाअघि समूहले जनपरिषद प्रमूख घोषणा गरेका व्यक्ति हुन्।

पक्राउ परेकाहरुको साथबाट अटोमेटिक पेस्तोल २ थान, सो पेस्तोलमा लाग्ने ४ नाल म्यागजिन र १४ राउण्ड गोली बरामद भएको मोरङ प्रहरीले जानकारी दिएको छ। प्रहरीले सोमबार उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्