धार्मिक कथा सुन्न भेला भएका १४ जनाको मृत्यु

लाेकपाटी न्यूज

काठमाडाैं, ९ असार । भारतको राजस्थानस्थित बाडमेरमा तिब्र गतिमा आएको आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको छ भने ५० भन्दा धेरै मानिस घाइते भएका छन् । भारतीय अधिकारीहरुका अनुसार सयौंको संख्यामा मानिसहरु एक धार्मिक कार्यक्रमका लागि जम्मा भएका थिए ।

उक्त कार्यक्रमका लागि लगाइएको पण्डाल (एक प्रकारको टेन्ट) खसेको थियो । घाइते भएका केही मानिसको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ । प्रहरीका अनुसार जसोल गाउँको धाममा धार्मिक कथाका लागि ठूलो पंडाल लगाइएको थियो ।

आइतबार दिउँसो तीव्र गतिमा आएको आँधी र पानीका कारण पांडालको केही हिस्सा खस्न पुग्यो । त्यस क्रममा भागदौड भएको थियो । त्यस समय पण्डालमा १० भन्दा धेरै मानिस थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले घटनाप्रति शोक व्यक्त गरेका छन् । राजस्थानका मुख्यमन्त्रीले मृतकका परिवारलाई पाँच लाख रुपैयाँ र घाइतेको उपचार राज्य सरकारले गर्ने घोषणा गरेका छन् ।–एजेन्सी